२०७९ मंसिर १२
November 28, 2022, Monday

बागलुङमा जीप दुर्घटना: एक जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना: एक जनाको मृत्यु

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् । 

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related News

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ मंसिर १५, बुधबार १०:११ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ मंसिर १५, बुधबार १०:११ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
  • २०७८ मंसिर १५, बुधबार १०:११ गते

काठमाडौ, प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको...

TOP