काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माले)का महासचिव सीपी मैनालीलाई राप्रपा अध्यक्ष बन्न लाग्नुभएको हो ? भन्दै प्रश्न गरेका छन् ।
राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने (झापा बिद्रोह) सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डले बताए ।
बुधबार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले ‘सीपी मैनाली हिजो राजतन्त्र सिध्याउन लागिपरेको मान्छे आज राजाको जयजयकार गर्दै हिँडेको’ बताए । उनले मैनालीलाई राप्रपा अध्यक्ष बन्न खोजेको हो ? भन्दै प्रश्न पनि गरे ।
विचारमा मतभिन्नता हुँदाहुँदै अराजकता अन्त्य होस्, राजनीतिक स्थिरता नहोस् भनेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले राप्रपाको प्रशंसा समेत गरे ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...