काठमाडौं–दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ संक्रमित अमेरिकामा पनि भेटिएका छन् ।दक्षिण अफ्रिकाबाट अमेरिकाको क्यालिफोर्निया फर्किएका व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो ।
‘ओमिक्रोन’ संक्रमित बेलायतमा पनि भेटिएका छन्। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले उक्त कुराको पुष्टि गरेका हुन्। उनका अनुसार चेल्म्सफोर्ड र नटिङ्घममा दुई संक्रमित फेला परेका हुन्।
ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो। यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन।नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पहिचान गरिएको छ।
ओमिक्रोन फैलिएको देशस्
अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, घाना, हङकङ, आयरल्याण्ड,इजरायल, इटाली, जापान, नेदरल्याण्ड्स, नाइजेरिया, नर्वे, पोर्चुगल, रियुनियन, साउदी अरेबिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, युएई र अमेरिका
एजेन्सी, भारतको ओडिशाका प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री नव किशोर दासको आइतबार निधन भएको छ । आइतबार दिउँसो सार्वजनिक कार्यक्रममा जाने...
एजेन्सी, पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले...
एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको...