२०७९ चैत्र ९
March 23, 2023, Thursday

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुचारु

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुचारु

काठमाडौं । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ ।

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

आयोजनाभन्दा माथिबाट आएको पहिराले ठूलो क्षति पु¥याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।

उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सवस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको ४ नम्बर टावरसमेत पहिराले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको थियो ।

निर्देशक गौतमका अनुसार बाढी र पहिराका कारण मात्र रु पाँच करोडभन्दा बढी क्षति भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप रु दुई करोड आम्दानीसमेत घटेको उहाँले बताउनुभयो । आयोजनाको मर्मत पूर्णरुपमा अझै नसकिएको उहाँको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनापछि आयोजना सुचारु भएको थियो ।

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ मंसिर १६, बिहीबार १०:४१ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ मंसिर १६, बिहीबार १०:४१ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ मंसिर १६, बिहीबार १०:४१ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP