काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् ।
उनका अनुसार डिजिटल भोटिङको विषयमा छलफल भइरहेको छ । तर, अन्तिम निर्णय भएको छैन । कागजी मतपत्रमा भोट हाल्दा धेरै समय लाग्ने भएकोले डिजिटल भोटिङको विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...