२०७९ असार १३
June 27, 2022, Monday

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु

 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ ।

 १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।

प्रदेश अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम छ। कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्।

प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ । 

Related News

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
  • २०७८ मंसिर १६, बिहीबार ०८:४२

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई  लिएर विभिन्न कोणबाट चर्चा...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ मंसिर १६, बिहीबार ०८:४२

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ मंसिर १६, बिहीबार ०८:४२

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

TOP