२०८० आश्विन १६
October 3, 2023, Tuesday

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिइएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

“प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।

Related News

सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश
सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश
  • २०७८ मंसिर १६, बिहीबार १२:४९ गते

सर्लाही । पुराना वामपन्थी नेता तथा विधायक पदका प्रत्याशी सुरेश महतोले आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।...

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
  • २०७८ मंसिर १६, बिहीबार १२:४९ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले...

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री महत
शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री महत
  • २०७८ मंसिर १६, बिहीबार १२:४९ गते

अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को उद्घाटन गर्दै उनले लगानीकर्तालाई...

TOP