२०७९ चैत्र १०
March 24, 2023, Friday

ओमिक्रोनः कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

ओमिक्रोनः कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

काठमाडौं ।  अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गर्नु भएको छ ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताउनु भएको छ ।
न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङक्रमण देखिएको थियो।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिनु भएको छ ।

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७८ मंसिर १७, शुक्रबार १४:४२ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • २०७८ मंसिर १७, शुक्रबार १४:४२ गते

एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ मंसिर १७, शुक्रबार १४:४२ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

TOP