२०८० आश्विन ५
September 22, 2023, Friday

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

काठमाडौं । कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी गरिएको बताउनुभयो । “नवलपुरभित्र स्थायी वासिन्दा भएका व्यक्ति जुनसुकै अस्पतालमा उपचार गर्दा कोरोनाका कारण मृत्यु भए उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “कोरोनाबाट घरमा न्यान गुमाएका व्यक्तिको परिवारले आर्थिक सहयोग पाउने छैनन् ।”

रकम निकासा भइसकेकाले आगामी हप्तादेखि नै राहत उपलब्ध गराइने चापागाईले बताउनुभयो । जिल्लामा हालसम्म कोरोनाबाट १७० जनाको मृत्यु भइसकेको छ । प्रकृया पूरा गरेर कागजात बुझाएको दुई हप्ताभित्र रकम भुक्तानी गरिने छ । मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि तथा आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ । हालसम्म २० मृतकका परिवारले प्रक्रिया पूरा गरेर निवेदन दिएको कार्यालयले जनाएको छ । व्यक्तिले सिधै स्वास्थ्य कार्यालयमा पुगेर निवेदन दिनसक्ने छन् ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ मंसिर १७, शुक्रबार १४:३६ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ मंसिर १७, शुक्रबार १४:३६ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ मंसिर १७, शुक्रबार १४:३६ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP