२०८० जेष्ठ २२
June 5, 2023, Monday

सुदूरपश्चिममा १९ जनामा सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा १९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १४ र एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा छ जनामा पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।

Related News

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७८ मंसिर १७, शुक्रबार १८:२६ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

गोदाममा आगलागी हुँदा लाखौँको क्षति
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
  • २०७८ मंसिर १७, शुक्रबार १८:२६ गते

दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट...

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
  • २०७८ मंसिर १७, शुक्रबार १८:२६ गते

नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा...

TOP