२०८० चैत्र १६
March 29, 2024, Friday

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं ।  नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवलाहरूसँग छलफल गरी निर्णयमा पुग्ने बताएका थिए । मन्त्री श्रेष्ठले श्रमिकको सुरक्षा र हितलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने बताए । कतारले घरेलु श्रमिकलाई लैजान जोड दिएपछि यसलाई सही ढंगले सम्बोधन गर्न मन्त्री श्रेष्ठले सरोकारवलाहरूसँग पनि छलफल गरेका छन् ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ मंसिर १७, शुक्रबार १५:५२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ मंसिर १७, शुक्रबार १५:५२ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ मंसिर १७, शुक्रबार १५:५२ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP