काठमाडौँ । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ ।
पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभयो । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।
उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी हुनुभयो । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित हुनुभयो । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...