२०८० आश्विन ५
September 22, 2023, Friday

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । “भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उहाँले भन्नुभयो, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।”

भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।

सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।

Related News

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा
क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा
  • २०७८ मंसिर १९, आईतवार ०९:१८ गते

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका...

चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
  • २०७८ मंसिर १९, आईतवार ०९:१८ गते

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार...

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
  • २०७८ मंसिर १९, आईतवार ०९:१८ गते

संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्तिमार्फत अमेरिकाको...

TOP