२०७९ मंसिर १२
November 28, 2022, Monday

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताउनुभयो ।

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७८ मंसिर १९, आईतवार १४:२६ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७८ मंसिर १९, आईतवार १४:२६ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ मंसिर १९, आईतवार १४:२६ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

TOP