२०८१ बैशाख ४
April 16, 2024, Tuesday

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो ।

सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ । ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ ।

अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ । यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन् । शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ मंसिर १९, आईतवार १४:४२ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ मंसिर १९, आईतवार १४:४२ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ मंसिर १९, आईतवार १४:४२ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP