काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको...