२०८० चैत्र १६
March 29, 2024, Friday

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

काठमाडौं ।  नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा  किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ  ।  

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ मंसिर १९, आईतवार १०:०१ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ मंसिर १९, आईतवार १०:०१ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
  • २०७८ मंसिर १९, आईतवार १०:०१ गते

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP