काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको...