२०७९ असार १३
June 27, 2022, Monday

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक

काठमाडौँ ।  गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी ९निरु खड्का० र मोतीमाया तामाङको उम्मेदवारी थियो । 

Related News

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
  • २०७८ मंसिर २१, मंगलवार १०:५१

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई  लिएर विभिन्न कोणबाट चर्चा...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ मंसिर २१, मंगलवार १०:५१

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ मंसिर २१, मंगलवार १०:५१

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

TOP