२०७९ माघ १९
February 2, 2023, Thursday

जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

काठमाडौँ । लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ । अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा सुरु गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले एनेस्थेसिया चिकित्सकसहित अन्य दुई प्रसूति विशेषज्ञ पठाएको छ ।

एनेस्थेसियोलोजिष्ट डा कौशल तामाङलाई स्वास्थ्य विभागबाट जिल्ला अस्पतालमा खटाकाले यसै हप्तादेखि सो सेवा सञ्चालन हुन लागेको जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलले बताउनुभयो । स्वास्थ्य सेवा विभागले तीन वर्षअघि नै भेन्टिलेटर सेवासहितको आइसीयू सेवा सञ्चालन गर्न रु एक करोड बजेट व्यवस्थापन गरेको थियो । दुई भेन्टिलेटर मेसिन खरिद गरेर ल्याएको भए पनि एनेस्थेसिया चिकित्सक नहुँदा दुई वर्षदेखि उक्त मेसिन अस्पतालको कोठामै थन्किएको थियो ।

पटक–पटक आफूहरूले सम्बन्धित निकायमा एनेस्थेसिया चिकित्सकको माग गर्दा बल्ल विभागले चिकित्सक पठाएपछि विसं २०३९ मा स्थापना भएको पहिलो अस्पतालमा आइसीयू सेवा गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताउनुभयो ।

अब दुई वर्षदेखि कोठामा थन्किएका करोडौँ मूल्यका दुई भेन्टिलेटर मेसिन सञ्चालन गरिने र गम्भीर प्रकृतिका बिरामीको उपचार हुने जिल्ला अस्पताल उदयपुरले जनाएको छ । रु तीन लाख ५० हजार जनसङ्ख्या रहेको उदयपुरमा हालसम्म पनि भेन्टिलेटरसहितको आइसीयू सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि लाखौँ खर्चेर उपचारका लागि बाहिर धरान, विराटनगर, जनकपुर तथा काठमाडौँ जान बाध्य हुँदै आएका थिए । जिल्लामै सेवा पाउने भएपछि जिल्लावासी खुशी भएका छन् ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७८ मंसिर २१, मंगलवार ०९:०९ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

विमान दुर्घटनाले पोखरामा ५० प्रतिशत घटे यात्रु, अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित
विमान दुर्घटनाले पोखरामा ५० प्रतिशत घटे यात्रु, अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित
  • २०७८ मंसिर २१, मंगलवार ०९:०९ गते

पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो...

भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने
भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने
  • २०७८ मंसिर २१, मंगलवार ०९:०९ गते

दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...

TOP