२०७९ चैत्र १८
April 1, 2023, Saturday

नेप्से ओरालो, बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा

नेप्से ओरालो, बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ ।

सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अङ्कले ओरालो लागेर दुई हजार ५०० को नजिक आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७.१८ अङ्कले घटेर दुई हजार ५०८.९० मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८५ अङ्कले घटेर ४७४.१३ मा ओर्लेको छ । नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ ।

कूल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मूल्यमा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको ओरालो लागेको छ । व्यापार २१.५३ र सामूहिक लगानी कोष ०.१२ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, वित्त ९०.०८, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६, जीवन बीमा ७३.९४ र लगानी ०.७५ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३६ लाख ४७ हजार बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक रु ११ करोड ८६ लाख २५ हजार ७७६, आइसिएफसी फाइनान्स रु ११ करोड एक लाख २० हजार ९३६, अपी पावर कम्पनी रु १० करोड ४० लाख ८८ हजार ६७ र एचआइडिसिएल रु नौ करोड ४४ लाख ७६ हजार ४६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फन्ड दोस्रो ४.६५, लक्ष्मी इक्विटी फन्ड ४.४९, एनआइबिएल प्रगति फन्ड ३.८९, सिटिजल म्युचुअल फन्ड ३.५० र सिभिल लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले कमाए । यसैगरी, आइसिएफसी फाइनान्स ७.६५, कालिका माइक्रोक्रेडिट ६.७७, सिनर्जी पावर ६.२९, हिमालयन पावर पार्टनर ५.९१ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाए ।

Related News

चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
  • २०७८ मंसिर २१, मंगलवार १७:३४ गते

काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...

१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
  • २०७८ मंसिर २१, मंगलवार १७:३४ गते

काठमाडौ, सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दूमा...

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७८ मंसिर २१, मंगलवार १७:३४ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

TOP