काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गरेका छन् ।
उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको बताए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए ।
“ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नभयो । राजनीति हिंसाको सुरुवात देउवाबाटै भएको हो । पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो । अहिले पनि धनवाद डनबाद सबै देखियो । मत लुटिएका छन् । मेरै आँखा अगाडि मत लुटिएका छन् । अहिले सत्ताको दुरुपयोग गरेर ममाथि राजनीतिक हिंसा गर्नुभएको छ । अहिलेको चुनावमा बाहिरको पाखण्ड र ढोँग पनि देखियो । मन्त्री सबै मोर्चाबन्दी गरेर पैसाको खोलो बगाएको पनि देखियो ।”
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...