काठमाडौँ । साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबीएस पाँचौँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ । आठ महिना लामो टेक्सटाइल इन्डष्ट्रिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिसर्चले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।
सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । प्रतियोगितामा आठ टिमको प्रतिनिधित्व थियो ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...