२०८० आश्विन ५
September 22, 2023, Friday

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

काठमाडौं ।  नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत हुनुहुन्छ । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उहाँले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उहाँले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गर्नुभएको थियो ।

पार्टीको १२औँ र १३आँै महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुनुहुन्थ्यो । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभएको थियो ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP