२०८० जेष्ठ २२
June 5, 2023, Monday

नेता रामचन्द्र पौडेललाई नेता कृष्णप्रसाद सिटौलाले सहकार्यका आधार पेस गर्न आग्रह

नेता रामचन्द्र पौडेललाई नेता कृष्णप्रसाद सिटौलाले सहकार्यका आधार पेस गर्न आग्रह

काठमाडौं । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्।

नेता रामचन्द्र पौडेललाई नेता कृष्णप्रसाद सिटौलाले सहकार्यका आधार पेस गर्न आग्रह गरेका छन् । आफूलाई भेट्न पुगेका पौडेलले सहकार्यको प्रस्ताव गरेपछि उनले आधार प्रस्तुत गर्न भनेका हुन् ।

छोटो भेटमा सिटौलाले आफू छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावमाथि थप जवाफ नदिएको एक नेताले बताए । दुवै पक्षले भेटलाई गोप्य राख्न खोजेका छन् । पछिल्लो समय प्रदेश र जिल्ला अधिवेशनमा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

‘हिजो देउवाविरुद्ध हामी सँगै लडेका हौँ । तपाइँले देउवालाई सहयोग गर्दा नैतिक प्रश्न खेप्दै आउनुभएको छ । अहिले त्यो कुरा सुधार गर्न र पार्टीलाई सुदृढ बनाउने मौका छ । हामी वैचारिक हिसाबले सधैँ एकठाउँमा छौँ । यो पटक मिलेर जाऔँ,’ नेता पौडेलको प्रस्ताव थियो ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ मंसिर २२, बुधबार १४:०८ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
  • २०७८ मंसिर २२, बुधबार १४:०८ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ मंसिर २२, बुधबार १४:०८ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

TOP