२०८० आश्विन ५
September 22, 2023, Friday

पाल्पा दुर्घटनामा दुईको मृत्यु

पाल्पा दुर्घटनामा दुईको मृत्यु

काठमाडौं ।  पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताउनुभयो ।

पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ ।

हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिनुभएको थियो ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ मंसिर २२, बुधबार १२:३२ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ मंसिर २२, बुधबार १२:३२ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ मंसिर २२, बुधबार १२:३२ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP