काठमाडौं। काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...