काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी ९दलिततर्फ० सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो ।
विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...