२०८० आश्विन १६
October 3, 2023, Tuesday

दाङमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै

दाङमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै

काठमाडौं । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।

उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बिमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य छ ।

रु तीन हजार ५०० तिरेर बिमा गरेपछि वर्षभरमा रु एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य रु ७०० जम्मा गर्दै जाने र रु दुई लाखसम्मको बिमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।

Related News

गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
  • २०७८ मंसिर २३, बिहीबार १५:३४ गते

बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...

न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
  • २०७८ मंसिर २३, बिहीबार १५:३४ गते

 काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...

दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
  • २०७८ मंसिर २३, बिहीबार १५:३४ गते

नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...

TOP