२०८० आश्विन १४
October 1, 2023, Sunday

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले उकालो लागेर ४६५.२३ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ ।

कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैङ्क २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क रु आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैङ्क रु आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर रु सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।

Related News

गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
  • २०७८ मंसिर २३, बिहीबार १७:३४ गते

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
  • २०७८ मंसिर २३, बिहीबार १७:३४ गते

नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य...

युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
  • २०७८ मंसिर २३, बिहीबार १७:३४ गते

युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा...

TOP