काठमाडौं। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ । प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसवर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता समूहले रु। एक लाख ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपबिजेता समूहले रु। ८० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।
आगामी पुस १ र २ गते भने दुई÷दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । उक्त प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।
एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित...
काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपालले जितेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा...
काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आज आयोजक नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल साँझ साँढे...