२०७९ चैत्र १९
April 2, 2023, Sunday

बेपत्ता परिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलन र परिचय पत्र वितरण

बेपत्ता परिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलन र परिचय पत्र वितरण

काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलनसँगै पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउने कार्यलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अगाडि बढाएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय तहमै पुगेर पीडित परिवार तथा घटनाका बारेमा जानकार व्यक्तिका तर्फबाट उजुरी सङ्कलन गर्ने र पीडितको यकिन गरी परिचयपत्र उपलब्ध गराउने कार्य अगाडि बढाएको छ ।

आयोजका सदस्य सरिता थापाले हालसम्म पुर्नवास, बेलौरी, लालझाडी, कृष्णपुर र शुक्लाफाँटामा गरी बेपत्ता पारिएका परिवारका ३३ व्यक्तिका आफन्तलाई परिचयपत्र दिइएको बताउनुभयो । “पुस मसान्तसम्म उजुरी सङ्कलन गर्छौं”, उहाँले भन्नुभयो, “सोही अवधिमा पीडित परिवारका सदस्यलाई परिचयपत्र उपलव्ध गराउँछौँ ।”

उहाँका अनुसार पीडित परिवारका सदस्य भन्नाले पति पत्नी, छोरा, छोरी, बाबु, आमा, सासू, ससुरा, बाजे, बज्यै, नाति नातिनी, सगोलका दाजु भाइ, दिदी, बहिनी पर्दछन् । बलपूर्वक बेपत्ता पारिएका यहाँका नौवटै स्थानीय तहका ७८ व्यक्तिका आश्रित सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिइएको आयोगका सदस्य थापाले बताउनुभयो ।

आयोगको छानबिनबाट कुनै व्यक्ति परिवार पीडित हो भन्ने यकिन भएमा त्यस्तो पीडित व्यक्ति वा त्यसका परिवारलाई परिचयपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ । “स्थानीय तहले तयार गरेको सर्जमिन मुचुल्का, तत्कालीन शान्ति मन्त्रालयको रेकर्ड र अन्य आवश्यक प्रमाण जाँचबुझ गरी बेपत्ता पारिएका व्यक्तिका आश्रितलाई परिचयपत्र उपलब्ध गराइँदै आएको छ”, उहाँले भन्नुभयो, “परिचयपत्रका लागि पीडितका आश्रितले आवश्यक प्रमाणसहित परिचयपत्र उपलब्ध गराउन खटिएको टोलीसमक्ष स्वयं उपस्थित हुनुपर्दछ ।”रासस

Related News

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ मंसिर २३, बिहीबार ०९:०९ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
  • २०७८ मंसिर २३, बिहीबार ०९:०९ गते

काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७८ मंसिर २३, बिहीबार ०९:०९ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

TOP