२०८० जेष्ठ २२
June 5, 2023, Monday

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो ।

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइनेछ ।”

मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छाँै ।” यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी गराउनुभयो ।

दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

Related News

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७८ मंसिर २३, बिहीबार ०९:४० गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

गोदाममा आगलागी हुँदा लाखौँको क्षति
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
  • २०७८ मंसिर २३, बिहीबार ०९:४० गते

दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट...

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
  • २०७८ मंसिर २३, बिहीबार ०९:४० गते

नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा...

TOP