२०७९ भाद्र २
August 18, 2022, Thursday

दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७८ मंसिर २४, शुक्रबार १०:२१

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
  • २०७८ मंसिर २४, शुक्रबार १०:२१

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ...

चितवनमा एक वर्षमा दुर्घटनामा परी १४० जनाको मृत्यु
चितवनमा एक वर्षमा दुर्घटनामा परी १४० जनाको मृत्यु
  • २०७८ मंसिर २४, शुक्रबार १०:२१

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३०...

TOP