काठमाडौं । लोकतन्त्र, राष्ट्रियता र विकासका सवालमा कांग्रेससँग सहकार्य हुन्छ ः अध्यक्ष ओली
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराउनुभयो ।
“नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “अहिले केही साना दलहरुलाई कांग्रेसले औलो समाउन दिएन भने सरकारमा नरहौँला कि भन्ने चिन्ता हो रु के का लागि सहकार्य रु देश बनाउन एमाले कांग्रेसकै साथमै छ । देश बनाउन सँगै जाने कुरामा हामी साथमै छौँ ।”
अध्यक्ष ओलीले जन्मँदै कोही शासक हुन सक्छन् भन्ने सिद्धान्त गलत सावित भइसकेको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अगाडि बढोस् भन्दै कांग्रेसको महाधिवेशनले गौरवपूर्ण इतिहासलाई उजिल्याउन सकोस् भन्ने कामना गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...
टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...
काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...