२०८१ बैशाख ८
April 20, 2024, Saturday

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको आवश्यकता भएमा त्यसको परिपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको नेविसङ्घ क्षेत्र नं ५ धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताउनुभयो ।

महाधिवेशन उद्घाटनको अवसरमा आज एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको सङ्ख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने उहाँँको भनाइ छ ।

यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।

शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिनुभयो । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ ।

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ मंसिर २४, शुक्रबार १४:३८ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ मंसिर २४, शुक्रबार १४:३८ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ मंसिर २४, शुक्रबार १४:३८ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP