काठमाडौं । आजको बिश्वमा कुनै पनि राष्ट्र एक्लै बाच्न सक्दैन यो बिश्व global Village मा परिणत भै सकेको अबस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध आजको यथार्थ हो।
बिश्वको हरेक राष्ट्रले बिचार् पुर्याएर आफ्नो राष्ट्रिय शक्ति को बृद्धि को लागि अन्य बिदेशी राष्ट्र संग सम्बन्ध राख्छ ।सफल बिदेश निति ले नै कुनै पनि राष्ट्र को इज्जत र अन्तर्राष्ट्रिय समुदाय मा शक्ति बृद्धि हुन्छ। बिदेश निति मा प्राप्त गरेको सफलता ले नै कुनै पनि राष्ट्र को घरेलु आन्तरिक क्षेत्रमा लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिश्वसनियता बढ्छ। राष्ट्रिय हित को जगेर्ना र सम्बर्धन गर्न बिदेश निति एक महत्वपूर्ण हतियार साबित हुन्छ। तसर्थ यसको लागि कुनै पनि राष्ट्र को सरकार नै जिम्मेवार हुनुपर्ने हुन्छ। बिश्व मा कुनै पनि राष्ट्र ले अन्य राष्ट्रलाई माया गरेर आर्थिक सहयोग प्रदान गर्दैनन्।
बिश्वको जतिपनि राष्ट्र हरूले एक अर्का लाई सहयोग आफ्नो राष्ट्रिय शक्ति को बृद्धि गर्दै आफ्नो महत्व लाई वा उपस्थिति लाई कायम राख्न नै गरेका हुन्छन्। मानब स्वभाव नै स्वार्थी हुन्छ। “उसले आफ्नो पिता को मृत्यु भुल्न सक्छ तर पित्री धन को हानी लाई भुल्न सक्दैन” (मैकियाबेली) भन्ने हरूले बनाएको समाज बाट बनेको मानब निर्मित राष्ट्र पनि स्वभाविक रुपमै स्वार्थ हुन्छ। यस्तो अबस्थामा मा कुनै पनि राष्ट्र ले अरू राष्ट् लाई माया गरेर आर्थिक सहयोग दिदैन भन्ने कुरा को उदाहरण इतिहास नै छ।
यस्तो अबस्थामा हाम्रो जस्तो बिकास्वन्मुख राष्ट्र हरूलाई बिश्वको शक्तिशाली राष्ट्र हरू ले केही न केही स्वार्थ ले नै सहयोग दिने गरेको देखिएको छ। एकातिर हामी लाई आफ्नो आर्थिक अवस्था कमजोर को कारण आर्थिक सहयोग पनि चाहिएको छ भने अर्को तिर भुपरिबेष्ठित राष्ट्र भएकै कारण ले पनि छिमेकी संग असल सम्बन्ध राख्नै पर्ने हुन्छ। यस्तो अबस्थामा नेपाल र नेपाली को हितलाई ध्यानमा राखि हामी ले आफ्नो बैदेशिक निति निर्माण गर्नु पर्छ। दुई मुलुक भारत र चीन बिचको यौटा सानो मूलुक नेपालको बिदेश निति आज सम्म स्व-अस्तित्वको रक्षा र राष्ट्रिय हितको संरक्षण र संवर्द्धन को गाथा हो।
नेपाल आफ्नो छिमेकी मा उपनिबेश बादको कुचक्र ले जोडिएको बेलामा पनि एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र नै थियो जसले आजको दिन सम्म असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आफ्नो अस्तित्व लाई सगरमाथा जस्तै अटल र अमर बनाएर बसि रहेको छ। भौगोलिक बनावट, एतिहासिक अनुभव, सामाजिक सांस्कृतिक तत्व, आर्थिक कारण, राजनीतिक ब्यबस्था र राजनीतिक नेतृत्व इत्यादि ले बिदेश नीति लाई निर्धारण गर्छ। राजनीति ब्यबस्था र राजनीतिक नेतृत्वले नै कुनै पनि राष्ट्र को बिदेश नीति निर्धारण मा महत्वपूर्ण भुमिका खेलेको हुन्छ। किनभने भौगोलिक र आर्थिक तत्व भन्दा यो तत्व अस्थिर हून्छ समयको बेग बिश्व को बदलाव संग संगै नेपाल मा पनि राजनीतिक ब्यबस्था मा परिबर्तन पस्चात नेपाली बैदेशिक नितिमा पनि चुनौती हरु थपिन थाल्यो। बिभिन्न दलको सत्ता हुदा दलिय सिद्धान्त अनुसार को ब्यबहार ले नेपाल मा असंलग्नता लडखडाऊन लागेको पनि देखिदैछ।
गणतन्त्र जस्तो अभूतपूर्व राजनीतिक परिवर्तनपछि नेपालले नेपाल ले परिवर्तन सूहाउदो र गणतन्त्र लाई संस्थागत गर्ने ढङ्गले बैदेशिक निती निर्माण गर्नु पर्छ आफ्नो छिमेकी देश भारत र चीन दुबै बिच सौहार्द पूर्ण सम्बन्ध लगायत अन्य मित्र राष्ट्र हरू संग बढि नजिकदै नभएर तालमेल मिलाउदै सम्बन्ध कायम राख्नु पर्ने जरूरी छ। कुनै पनि राष्ट्र ले प्रदान गर्ने आर्थिक अनुदान र सहयोग लाई बिगतको इतिहास को पाठ पढेर र त्यसको भबिष्य मा पर्न सक्ने प्रभाव लाई बिष्लेशण गर्दै हामी ले लिनु पर्छ सबै नेतृत्व र जनता कुनै राष्ट्र को पक्ष र बिपक्ष मा भन्दा पनि त्यसले हाम्रो राष्ट् को हित गर्छ कि गर्दैन भन्ने जानकारी लिएर मात्र स्विकार गर्नु पर्छ।
हामी ले आफ्नो हित लाई सबैभन्दा पहिला प्राथमिकता दिनु पर्छ कुनै राष्ट्रको पक्षमा लागेर अर्को राष्ट्र को बिरोध पनि गर्नु हुन्न र कुनै राष्ट्र को अन्ध भक्त पनि हुनु हुदैन। नेपाल र नेपालीको हितलाई ध्यानमा राखी छिमेकी र मित्र राष्ट्रहरू संग तालमेल को नयाँ धरातल पहिल्याउनुपर्ने छ। छिमेकी संग समनिकटता कायम गर्दै छिमेकी संगको मित्रता लाई एक अर्का बिरूद् प्रयोग नगरी दुवै संगको मित्रता लाई उतिकै महत्व दिनु पर्ने हुन्छ, नेपाल र नेपाली को हित भनेको नै यो हो ।
यदि यसमा बिचार् नगरी बिबाद मात्र गर्ने हो भने देश भित्र गृह युद्ध को प्रारम्भ भै नेपालले भर्खर प्राप्त गरेको गणतन्त्र नै धरापमा पर्न बेर लाग्दैन तसर्थ नेपाली जनता र नेपाल का नेतृत्व लगायत नेपाल लाई माया गर्ने सबैले यो बिषयमा चनाखो हुनुपर्छ। आखां चिम्लेर होइन बिचार् पुर्याएर अन्तर्राष्ट्रिय सहयोग लिऊ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...