२०७९ असार ११
June 25, 2022, Saturday

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ ।

यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ । साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टे«ण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८.७० अङ्कले ओरालो लागेर दुई हजार ३६१.२७ अङ्कमा झरेको छ ।

यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१५ अङ्कले आरोलो लागेर ४५०.०८ अङ्कमा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार बैंकिङ ४४.५३, व्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत् १२४.९६, वित्त १००.२७, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, जीवन बीमा ५०७.६१, सामूहिक लगानी कोष ०.२ र लगानी ३.१५ अङ्कले ओरालो लागेका छन् । कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो ।

यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो । युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १.४६, गुडविल फाइनान्सको डिवेञ्चर १.३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १.१५ प्रतिशतले कमाए ।

नयाँ सारथी लघुवित्त १०, लक्ष्मी इक्विटी फण्ड ९.६२, जानकी फाइनान्स ९.१७, नेपाल हाइड्रो डेभलपर ९.०५ र समता घरेलु लघुवित्तको सेयर ८.९६ प्रतिशतले घट्यो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ ।

Related News

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
  • २०७८ मंसिर २६, आईतवार १७:०८

काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...

ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा
ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा
  • २०७८ मंसिर २६, आईतवार १७:०८

काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष...

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने
आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने
  • २०७८ मंसिर २६, आईतवार १७:०८

काठमाडौँ- आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३...

TOP