काठमाडौं । काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५।० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिबार ५।४ डिग्री सेल्सियसमापन गरिएको थियो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ । केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।
मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...
काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...
नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...