२०७९ आश्विन ११
September 27, 2022, Tuesday

नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिए

नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् ।

पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ मंसिर २६, आईतवार १४:५९

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ मंसिर २६, आईतवार १४:५९

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ मंसिर २६, आईतवार १४:५९

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP