काठमाडौं । भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ ।
एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...
एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...
एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...