२०८० आश्विन १४
October 1, 2023, Sunday

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।

आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट सङ्घले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।

प्रशिक्षणमा रहेका १५ खेलाडीमध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कविता भट्ट भने टोलीमा पर्न सकेनन् ।

Related News

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
  • २०७८ मंसिर २६, आईतवार १४:१० गते

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको...

१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
  • २०७८ मंसिर २६, आईतवार १४:१० गते

नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया...

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
  • २०७८ मंसिर २६, आईतवार १४:१० गते

नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै...

TOP