काठमाडौं । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारीदिनुभयो ।
घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । “हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे”, उहाँले भन्नुभयो, “खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पु¥याउँदा ज्यान गयो ।”
शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उहाँको भनाइ छ । हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।
शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताउनुभयो । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो । रासस
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...
जनकपुरधाम, जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा...