२०८१ बैशाख ७
April 19, 2024, Friday

नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिए

नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् ।

पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

Related News

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७८ मंसिर २६, आईतवार १४:५९ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ मंसिर २६, आईतवार १४:५९ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ मंसिर २६, आईतवार १४:५९ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

TOP