काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा सहभागी नहुने भएका छन् ।
जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बनेका उनी आज मतदान गर्न नजाने उनको सचिवालयले जनाएको छ ।
२४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उनी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी छैनन् ।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने पक्षमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुट्न नसकेपछि आँसु पुछ्दै राजनीतिक प्रतिस्पर्धाबाट अलग हुने घाेषणा गरेका पाैडेलले मतदानमा पनि सहभागी नहुने निर्णय लिएका हुन् ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...