२०७९ चैत्र ९
March 23, 2023, Thursday

कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य :गगन थापा

 काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगन थापाले राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

नेता थापाले विज्ञप्तिमार्फत महाधिवेशनका प्रतिनिधिहरूलाइ पार्टी पुनर्जागरणका पक्षमा उभिन आह्वान गरेका हुन् ।

“नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि वढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ,” थापाले अपीलमा भनेका छन्, “तपाईहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछु ।” उनले सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको वर्तमान नेतृत्वको निरन्तरताका विपक्षमा प्रतिनिधिले देखाएको चाहनाका रुपमा अर्थ्याएका छन् ।

“अब त्यो चाहनालाई मतपत्रमार्फत प्रकट गर्ने क्षण आएको छ । नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्त्वको निर्णय गर्ने क्षण हो,” थापाले भनेका छन्, “यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आव्हान गरिरहेको छ ।”

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल

  • २०७८ मंसिर २८, मंगलवार १८:४१ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ मंसिर २८, मंगलवार १८:४१ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ मंसिर २८, मंगलवार १८:४१ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP