२०७९ असार ११
June 25, 2022, Saturday

चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने तीन जना पक्राउ

चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने तीन जना पक्राउ

काठमाडौं । चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए । 

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उहाँको भनाइ छ । उनीहरूविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । ‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताउनुभयो ।

यी गतिविधि सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुनसक्ने अनुमान रहेको र यसबारे पनि अनुसन्धान हुने उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु ।” रासस

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ मंसिर २८, मंगलवार १०:४८

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ मंसिर २८, मंगलवार १०:४८

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ मंसिर २८, मंगलवार १०:४८

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP