काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन् । मङ्गलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्यांकमा बताइएको छ ।
यसरी अमेरिका यो सङ्क्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ । विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ ।
त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजार भन्दा बढीको ज्यान गएको छ । त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ । यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ ।त्यसैगरी न्युयोर्कमा भने ५८ हजार जना भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा विश्वमा यस सङ्क्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ । त्यसैगरी विश्वका सङ्क्रमितहरुको १८ प्रतिशत यहाँ सङ्क्रमित रहेका पनि बताइएको छ ।
त्यस्तै हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्यांकमा जनाइएको छ । अमेरिकामा गएको करिब दुई महिनायता कोभिड सङ्क्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक सङ्क्रमितको संख्या बढ्न थालेको देखिन्छ । अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा सङ्क्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुले अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन् । नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड सङ्क्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ ।अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी रहेको छ ।
यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमितहरु थपिँदै गएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन् । रासस
एजेन्सी, भारतको ओडिशाका प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री नव किशोर दासको आइतबार निधन भएको छ । आइतबार दिउँसो सार्वजनिक कार्यक्रममा जाने...
एजेन्सी, पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले...
एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको...