२०७९ चैत्र १३
March 27, 2023, Monday

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उहाँको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ ।सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए ।

Related News

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७८ मंसिर २९, बुधबार १३:५५ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७८ मंसिर २९, बुधबार १३:५५ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
  • २०७८ मंसिर २९, बुधबार १३:५५ गते

एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...

TOP