२०७९ मंसिर १६
December 2, 2022, Friday

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको थियो । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गर्नुभएको थियो । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गर्नुभएको थियो  । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।
 
सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिनुभयो । उहाँले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

Related News

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
  • २०७८ मंसिर २९, बुधबार १०:११ गते

दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ...

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
  • २०७८ मंसिर २९, बुधबार १०:११ गते

बाजुरा, बाजुरामा मतगणना पुनः सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मत गणना...

वामपन्थी एक भएर एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छः सचिब गुरुङ
वामपन्थी एक भएर एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छः सचिब गुरुङ
  • २०७८ मंसिर २९, बुधबार १०:११ गते

काठमाडौं, नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका...

TOP